|

काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास र त्यसको महत्त्वबारे चर्चा गर्दै नेपालमा पनि मनाइएको छ। योग अभ्यासमा काम गर्दै आएका पतञ्जलि योगपीठलगायतका संघ संस्थाले सार्वजनिक रूपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै बिहीबार चौथो योग दिवस मनाएका छन्। पतञ्जलि योगपीठ नेपालले

दिवसका सन्दर्भमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीलगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्त्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समतासँग जोडिने अर्थको रूपमा योग दिवसलाई बुझ्नुपर्ने बताए।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले योग शिक्षालाई विद्यालयतहमा अझ फराकिलो बनाउँदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले नेपाललाई योग केन्द्रको रूपमा विकास गर्दै लैजाने कुरामा पनि सरकारले पहल गर्ने आश्वासन दिए।

कुनै धर्म, संस्कृति र सम्प्रदाय संग जोडेर पनि योगसाधनका बारेमा विभिन्न शंका उपशंका गर्ने काम पनि भइरहेको भन्दै उनले भने, 'वास्तवमा योग कुनै धर्म, संस्कृतिको मात्रै पेवा होइन, पेवा हुन सक्दैन, यो मानव बन्न चाहन्छ, असल बन्न चाहन्छ, सत्यलाई चिन्ह चाहन्छ, विभेदलाई समाप्त पार्न चाहन्छ। यी सबैका लागि अतिउत्तम साधनाको राजमार्ग हो यो।'

उहाँले योगका आयामलाई सन्तुलित रूपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औ महासभाले जुन २१ को दिनलाई अन्‍तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अध्याधिक बहुमतले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो। भारतको यो प्रस्तावलाई १ सय ७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.