|

सन् २००९ पछि पहिलो पटक सफलतापूर्वक छनोट चरण पार गरेको डेनमार्क पुरानै लयमा फर्किएको मात्र छैन, समर्थकको मन जित्न पनि सफल भएको छ। माइकल लोड्रपको सहयोगमा स्टार खेलाडी क्रिस्टियन इरिक्सनको खेल अति उत्कृष्ट लयमा छ। उनले पछिल्ला १२ खेलमा ११ गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका छन्। 

‘उनी जस्ता स्टारले विश्वकप ट्रफी चुम्न पाउनु पर्छ’, प्रशिक्षक एज हारेड भन्छन्, ‘हामी हरेक टोलीको लागि खतरा बन्न सक्छौँ किनभने हामीसँग इरिक्सन छन्।’  यस्तै छनोट चरणमा डेनमार्कका लागि महत्वपूर्ण गोलहरू गरेका थोमस डेलानी पनि विपक्षीका लागि सधैं चुनौती बन्नेछन्।

कसरी छनोट : युरोपेली समूह इ मा पोल्यान्डपछि दोस्रो तथा प्लेअफमा आयरल्यान्डमाथि जित
खेल्ने शैली : ४–३–३
स्टार खेलाडी : क्रिस्टियन इरिक्सन (टोटनहाम)
पच्छाउनुपर्ने खेलाडी : थोमस डेलानी (वर्डर ब्रेमेन)
प्रशिक्षक : एज हारेड
उपाधिको सम्भावना : ८०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.