|

पेरु, ३६ वर्षपछि विश्वकपमा फर्किएको हो। प्रशिक्षक रिकार्डो गारेकाले टोलीमा नयाँ र युवा खेलाडीलाई स्थान दिएका छन्। जसले गर्दा पेरुको फुटबल फेरि एक पटक पुरानो शैलीमा फर्किएको छ। छोटो पास र बललाई नियन्त्रणमा राख्ने शैली कै कारण पेरुले पछिल्ला समय उत्कृष्ट नतिजा पनि हात पार्दै आएको छ। युवा खेलाडीहरूका कारण टोली अनुशासित मात्र होइन, जुझारु पनि बनेको छ।

आत्मविश्वासी गोलरक्षक पेड्रो गालेज तथा छरिता डिफेन्डर अल्बर्टो रोड्रिग्युज, योसिमार योटन, जेफरन फार्फान तथा पाउलो ग्युरेरोले पेरुलाई बलियो बनाएका छन्। फरवार्ड एल्डो कोर्जो र मिगेल ट्राउकोले जतिबेला पनि गोल गर्ने क्षमता राख्छन्। उता क्रिस्टियन क्युभा विपक्षी डिफेन्समा भेद्ने लोभलाग्दो खेलाडी बन्नेछन्।

कसरी छनोट : दक्षिण अमेरिकी छनोटमा पाँचो स्थान, न्युजिल्यान्डविरुद्ध प्लेअफको विजेता खेल्ने शैली ः ४–२–३
स्टार खेलाडी : जेफरसन फार्फान (लोकोमोटिभ मस्को)
पच्छाउनुपर्ने खेलाडी : क्रिस्टियन क्युभा (साओ पाउलो)
प्रशिक्षक : रिकार्डो गरेका
उपाधिको सम्भावना : १५०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.