|

बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ।

भ्रमणको तेस्रो दिन बिहीबार ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो।

कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङको पनि सहभागिता रहेको थियो।

त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए।

ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित भएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।

अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.