|

कडा मेहनतपछि अर्जेन्टिनाले अन्तिम चरणमा स्थान मात्र बनाए अब सर्जियो, रोमेरो, एन्जल डि मारिया, सर्जियो एग्युरो, गोन्जालो हिग्युन, बिग्लिया तथा इभर बनेगा जस्ता वरिष्ठ खेलाडीका लागि अन्तिम विश्वकप पनि बन्नेछन्।
यसपाली रुसको यात्रा तय गर्न अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको जादुमय खेलले फेरि एक पटक प्रभाव पा¥यो। मेस्सीका लागि पनि उपाधि चुम्ने यही अन्तिम मौका हो। 

प्रशिक्षक जर्ज साम्पोलीले आक्रामक खेल खेलाएर सन् १९८६ यता पहिलो पटक अर्जेन्टिनालाई उपाधि दिलाउन कम्मर कसेका छन्। छनोट चरणका अघिल्ला खेलमा कमजोर देखिएको अर्जेन्टिनामा साम्पोलीको आगमनपछि रक्षापंक्ति निकै बलियो पनि बनेको छ। 
गाब्रियल मर्काडा, जेभियर मास्चेरानो तथा निकोलास ओटामेन्दिले रक्षा पंक्ति सम्हाल्ने छन् भने सेन्टर मिडफिल्डमा बिग्लियासँगै इन्जो पेरेजको जोडी देखिने छन्।

कसरी छनोट : दक्षिण अमेरिकी समूहमा ब्राजिल र उरुग्वेपछि तेस्रो स्थानमा रहँदै।
खेल्ने शैली : ३–४–३
स्टार खेलाडी : लियोनल स्मेसी ( आवद्ध क्लब बार्सिलोना)
पच्छाउनुपर्ने खेलाडी : पाउलो डाइबाला (युभेन्टस्)
प्रशिक्षक : जर्ज साम्पोली
उपाधिको सम्भावना : ८–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.