|

काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले कलंकीबाट पक्राउ गरेको हो। चालिसेले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफाइ दिन्छु भन्दै १० लाख घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

पछि छुटेका चालिसेलाई सर्वोच्च अदालतको मिति ०७४ चैत २० गते एक वर्ष छ महिना कैद र १० लाख जरीवाना हुने गरी फैसला गरेको थियो। फैसलापछि फरार रहेका चालिसेलाई सिआइबीले बिहीबार कलंकीबाट पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतले बिहीबार नै उनलाई कैद भुक्तानको लागि  डिल्लीबजार कारागार जेल चलान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.