|

काठमाडौं : फिल्म 'पुरानो बुलेट' निर्माण हुने भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।

अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य भुूमिका रहने फिल्मलाई भिषण राईले निर्देशन गर्नेछन्। फिल्ममा कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतको अभिनय रहनेछ।

क्रेजी इन्टरटेन्टमेन्टको ब्‍यानरमा निर्माण हुने फिल्ममा दीपेन्द्र लिम्बू, विरेन साम्बा, टीकाराम राई र अशोक साम्पाङ राईको लगानी रहनेछ। सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको अनुमानित लागत १ करोडको रहेको निर्माण पक्षले जनाएको छ।

असार १५ गतेबाट छायांकन सुरु हुने फिल्मलाई आउँदो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ। पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा खिचिने यस फिल्मले समसामयिक विषयवस्तुलाई उठान गर्नेछ। फिल्मलाई हरि घले लामाले खिच्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.