|

सुर्खेत : सुर्खेत वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको एकमात्र संग्राहलय ओझेलमा परेको छ। संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरूको अभावमा ओझेलमा परेको हो। एकातिर उचित प्रचार प्रसार अभाव र अर्कातिर प्रदर्शनयोग्य साम्रगी नहुँदा सीमित आन्तरिक पर्यटकले मात्र क्षेत्रीय संग्रहालयको अवलोकन गर्दै आइरहेका छन्।

कर्णाली प्रदेशकै एक मात्र संग्रहालय अवलोकन गर्नेहरुको संख्या निकै न्यून देखिएको छ। क्षेत्रीय संग्रहालय सुर्खेतका प्रमुख शान्ति शर्माका अनुसार एक वर्षमा ८ हजार ५६ जना पर्यटकले मात्र संग्रहालयको अवलोकन गरेका छन्। जसबाट ४८ हजार २१५ रुपैयाँ राजस्व संकलन भएको छ। संग्रहालय अवलोकन गर्नेमा अधिकांश विद्यार्थी र आन्तरिक पर्यटक रहेका छन्। 

अवलोकनकर्ता मध्ये बाह्य मुलुकका पर्यटक अत्यन्तै न्यून छन्। प्रमुख शर्माले प्रदेश भित्रका धेरैलाई संग्रहालय छ भन्ने पनि थाहा नभएको भन्दै प्रचार प्रचार अभावका कारण संग्रहालय ओझेलमा परेको बताइन्। उनले भनिन् ‘सुर्खेत भन्दा बाहिरका धेरै मान्छेलाई सुर्खेतमा संग्राहलय छ भनेर नै थाहा छैन। उचित प्रचार प्रसार हुन नै सकेको छैन। अनि कसरी पर्यटक आउँछन्?’

प्रमुख शर्माले आगामी दिनहरूमा कार्यालयले प्रचार प्रचार अभियान पनि सञ्चालन गर्ने तयारी गरेको पनि बताइन्। तथ्यांक अनुसार बाँके, बर्दिया, दाङ, कैलाली, जाजरकोट, दैलेख लगायतका जिल्लाका विद्यार्थी संग्राहलय अवलोकनका लागि  बढी आउने गरेका छन्। संग्रहालयले विद्यार्थीका लागि पाँच, सर्वसाधारणका लागि १०, सार्क मुलुकका लागि ५० र सार्कभन्दा बाहिरका नागरिकका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.