विकास खेती रूपचन्द्रबाट : सांसद विडारी

|

मकवानपुर : पालुङको विकासे खेती रूपचन्द्रबाट सुरु भएको राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले बताएका छन्। रूपचन्द्र विष्टको १९औँ स्मृतिमा आयोजित राष्ट्रिय काव्य उत्सव, २०७५ मा थाहा नगर आइपुगेका विडारीले यस्तो बताएका हुन्। 

थाहामा हालसम्म पनि विकासे खेती, विकास घर, विकासे चौर रहेको स्मरण गराउँदै उनले रूपचन्द्रले त्यस समयमा समाज र आर्थिक विकासका लागि खेलेको भूमिकाको वर्णन गरे। 

‘सत्य थाहा हुँदा झूट नाश हुन्छ’ भन्ने रूपचन्द्रको भनाइमा केन्द्रित रहेर उत्सव भएको हो। रूपचन्द्र¬द्वारा निर्मित थाहा नगरपालिका– ३ को विकास घरमा संचालन भएको उत्सवमा सातवटै प्रदेशका ३५ जिल्लाका ६२ जना कविहरूले आफ्ना रचना वाचन गरेका थिए। कविहरूले रुदाने, स्वरूपे, जनमुखी नेतालगायत अन्य नामले चिनिने रूपचन्द्र विष्टको नाम र योगदान समेटिएका रचनाहरू वाचन गरेका थिए। कवि तथा सहित्यकारहरूले रूपचन्द्रको कथा, व्यथा, उनले फैलाएका सन्देशलाई रचनामार्फत वाचन गरेका हुन्। 

थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषद्को समन्वयमा उत्सव भएको हो। थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले संचालन गरेको उत्सवमा थाहा नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष राजेश केसीले स्वागत गरेका थिए। उत्सव थाहा नगरपालिका प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.