|

दाङ : 'यो मिलेन, मिलायर आउनुहोस, माथि जानुहोस, यता जानुहोस, भोलि आउनुहोस', यी हुन कार्यालयमा प्रयोग हुने भाषा। यस्तै आलटाले कुरा र बोलि व्यवहारका कारण सेवा ग्राहीहरुले सास्ती र भष्टाचार बढेको बताएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा लिन/खान, र नीति नियम र व्यवहारमा परिवर्तन नआउँदा भष्टाचार मौलाएको सहभागीहरुको भनाइ थियो।

अख्तियार कार्यालयका निमित्त प्रमुख नारायणदत्त उपाध्यायले यस्तो प्रथा र व्यवहारमा कर्मचारीमा परिवर्तन नआएसम्म भष्टाचार अत्य हुन नसक्नेसमेत बताए। तुलसीपुर क्षेत्रका कार्यालय प्रमुख, पत्रकार, अधिकारकर्मीहरूसँग भएको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्धनसम्बन्धी सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रममा   उपाध्यायले कटौरे प्रविधिको अत्य गर्न पनि सुझाव दिए।

विकासको कामकाज गर्दा देउखुरीबाट ढुंगाबालुवा ल्याएको दररेट पेस गर्ने र स्थानीय खोलाबाट काम चलाउने गरेको सहभागीहरूले गुनासो गरेपछि उनले त्यस्तो पाएमा छानबिन गरी कारवाही हुने बताए। उपाध्यायले अख्तियारले ढिला सुस्ती गर्ने र निष्पक्ष छानविन नगरेको भन्ने गुनासो भएको भन्दै त्यो नहुने बताए। ‘देशमा अख्तियार र लोकसेवा आयोग नभएको भए सबै भष्ट हुनेथिए' उनले भने, 'गरिबका छोराछोरीले कुनै जागिर नपाउने अवस्था आउने थियो।'

त्यसैगरी कार्यक्रममा दाङ जिल्लामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कुनै दबाब र प्रलोभनमा नपरी दाङ जिल्लामा सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए। ‘यदि कुनै व्यक्ति प्रलोभवनमा परी आर्थिक अनियमिता गर्छ भने त्यो आफैँ कारवाहीको भागिदार हुनेछ' उनले भने।

त्यसैगरी सहभागीहरूले नीतिगत भष्टाचार अन्त्य नभएको बताएका थिए। कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष रामप्रसाद चालिसेले दण्डको व्यवस्था नहुदासम्म भष्टाचार अन्त्य नहुने बताए।

कार्यक्रममा मानव अधिकारकर्मी केशवकुमार शर्माले जिल्लामा क्रसर उद्योगहरु व्यवस्थीत नभएको विकाशमा काममा कागजपत्र मिलायर भष्ट्राचार भएको बताएका थिए।

पत्रकार सरद रेग्मीले विभिन्न कार्यालयमा परेका उजुरीको जवाफ नदिने कार्यालय पमुखहरूको नाम सार्वजनिक गर्नुपर्ने बताए। पत्रकार बालाराम खड्काले निष्पक्ष अनुगमन नहुनाले पनि भष्टाचार बढेको भन्दै अनुगनम प्रणाली फितलो भएको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.