|

काठमाडौं : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वर्तमान कानुन कसैलाई देखाउन मात्र भएर कार्यान्वयन गर्न भएको बताएका छन्। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानुन देखाउनका लागि नभएर गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आएको बताएका हुन्।

महिला कानुन र विकास मञ्च तथा सिआरआरले आयोजना गरेको 'गर्भपतनसम्बन्धी कानुन तथा कार्यान्वयनमा गर्नुपर्ने सुधारहरू : मुद्दाहरूको मिसिल अध्ययनबाट देखिएका तथ्यहरू' को विमोचन कार्यक्रममा पूर्व प्रधानन्यायधीश श्रेष्ठले राज्य तथा सरकारको सहयोग लिई कानुनलाई प्रभावकारी कार्यान्वयनमा जानुपर्ने बताए।

कुनै पनि सेवा दिने आधिकारिक ठाउँमा बसेर सेवा नदिनु गैरकानुनी हुने भएकाले गर्भपतनसम्बन्धी स्वीकृति लिएका जुनसुकै संस्थाले सेवा दिनुपर्नेमा उनले जोड दिए। अनुमति लिएका संस्थाले सहज रुपमा सेवा उपलब्ध गराएमा असुरक्षित गर्भपतनका समस्याहरू निराकरण हुँदै जाने भएकाले गर्भपतन गर्ने सबैलाई सुरक्षित तवरले सेवा लिन उनले आग्रह गरे।

कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायधीश सपना मल्ल प्रधानले कानुन ठिक भए कार्यान्वयनमा कुनै पनि समस्या नआउने बताइन्। प्रजनन् स्वास्थ्यमा महिला तथा पुरुष दुवैको समान अधिकार हुने बताउदै उनले महिलाको फरक आवश्यकतालाई फरक तरिकाले सम्वोधन गर्नुपर्ने बताइन्।

न्यायाधीश प्रधानले अदालत कानुनको नेतृत्वदायी भूमिकामा रहेको संस्था भएकाले सोसँग सम्बन्धित संस्थाहरूले कानुनको कार्यान्वयनका निम्ती मुख्य भूमिका हुने धारणा व्यक्त गरिन्। कानुनको साथमा मानिसको सोचमा परिवर्तन गर्दै कानुनको साथ साथै समाजलाई रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्री बंशीधर मिश्रले वर्तमान कानुनमा महिलाको हक र अधिकारलाई स्थापित गर्दै विश्वको उदाहरणीय तथा नमुना संविधान निर्माण गरेको बताए। कानुन निर्माण तथा कार्यान्वयनका निम्ती सर्वोच्च अदालतको साथमा नेपाल प्रहरी तथा संबन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवत्ता सविन श्रेष्ठले नेपालमा लामो समय अघिदेखि नै सुरक्षित गर्भपतनसम्बन्धी कानुन बनेता पनि कार्यान्वयन नभएकोमा दुःख व्यक्त गरे। कानुन स्पष्ट नभएका कारण दोषी व्यक्तिले सफाई पाउने र निर्दोष व्यक्तिले सजाय भोग्नु परिरहेको घटना सुनाउँदै यसका निम्ती नेपाल सरकार तथा कानुनको रक्षक सर्वोच्च अदालतलाई विशेष ध्यान दिन आग्रह समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.