|

काठमाडौं : कार्यवहाक प्रधानमन्त्री र्इश्वर पोखरेलले राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्। 'सम्वृद्ध नेपाल सुखी नेपाली'को एक सुत्रिय नाराका साथ अघि बढेको सरकारले राष्ट्रिय एकताका लागि राजनीतिक अभियान नै चलाइरहेको उल्लेख गर्दै उनले एकता पक्षधरहरूलाई एकठाउँमा उभिन आग्रह गरेका हुन्।

सामाजिक सद्भावको जगमा टिकेको राष्ट्रिय एकतालाई तोड्ने प्रयास भइरहेको भन्दै उनले त्यसविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए। चौँथो विश्व योग दिवसको अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले योगको वास्तविक अर्थ जोड्नु रहेको उल्लेख गर्दै योगसाधनालाई विस्तार र विकास गर्दै समाज रुपान्तरण र मुलुकको विकासमा सबैलाई एकसुत्र बनाउँदै जानुपर्ने बताए।

कार्यक्रममा योग गुरु हरिप्रसाद पोखरेलले चिकित्साशास्त्रको रुपमा योग साधनालाई विकास गर्दै लैजानुपर्ने बताए। कार्यक्रममा मानव जीवनमा योग साधनाको महत्त्व र विभिन्न आयामका बारेमा चर्चा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.