|

काठमाडौं : हेटौँडामा जारी नेपाली कांग्रेसले जिल्ला सभापतिको भेलामा कुनै विवाद नभएको कांग्रेसले जनाएको छ। मंगलबारदेखि जारी जिल्ला सभापतिहरूको भेलाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कुनै विवाद नरेको स्पष्ट पारे। यसअघि जिल्ला सभापतिहरूको भेला केही नेताहरूले असन्तुष्ट जनाएको समाचार बाहिरिएको थियो। 

उद्घाटन कार्यक्रममा बोल्न नदिएको भन्दै पार्टी नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताले असन्तुष्ट जनाएका थिए। सभापति शेरबहादुर देउवाले पेल्न खोजेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। नेता सिटौला त उद्घोषकले पटकपटक  बोलाउँदा पनि मञ्चमा गएनन्। उद्घाटनपछि नेता सिंहले भेला बहिष्कार गर्ने मनस्थिति बनाएका थिए। तर सिटौका कारण उनले भेला बहिस्कार गरेनन्।  

तर भेलाको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको पार्टी प्रवक्त शर्माको दाबी छ। ‘कार्यक्रमको तालिका पार्टी केन्द्रीय समितिले बनाएको थियो। त्यसमा कार्यक्रमलाई छोटो बनाउन खोजिएको थियो। त्यसकारण सबैले बोल्ने अवसर पाएनन्’,उनले भने,‘कोही नेताले उद्घाटनमा बोल्ने भनिएको थियो। कोहीले बन्दशत्र र कोहीले समापनमा बोल्ने भनिएको थियो। त्यहीअनुसार कार्यक्रम भएको हो। बाहिर आए जस्तो विवाद भने होइन।’

प्रवक्ता शर्माले बैठकमा जिल्ला सभापतिहरूले पार्टी सुदृढिकरणको विषय राखेको बताए। उनले भने,‘निर्वाचनमा हारेपछि स्वभाविक रूपमा एकले अर्कोको कमजोरी खोज्छ। तर बाहिर आए जस्तो छैन। जिल्ला सभापतिहरूले अब एक भएर जानुपर्छ। कांग्रेसलाई रूपान्तरण गरेर जानुपर्छ भनेका छन्।’

जिल्ला सभापतिहरूको भेला शुक्रबार सकिने छ। बिहीबारसम्मा सबै जिल्ला सभापतिहरूले आफ्नो धानरणा राख्ने छन्। अहिलेसम्म ७० जिल्लाका जिल्ला सभापतिले बोलिसकेका छन्। जिल्ला सभापतिहरूले दिएको सुझावलाई संकलन गरेर बैठक सकिने छ। शुक्रबार समापनसँगै सभापति शेरबहादुर देउवाले सभापतिले उठाएको प्रश्नको जवाफ दिने प्रवक्ता शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.