जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा बिहीबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ। धनुषाको औरही गाउँपालिका-२ का १८ वर्षीय नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो।
औरही गाउँपालिका-३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी तान्दै गरेको बेला माथि जडान भएको ११ हजार भोल्टको विद्युतको तारमा सर्ट भएर करेन्ट लागेको धनुषा प्रहरीले जनाएको छ।
साफीको घटना स्थलमै मृत्यु भएको र उनको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।