|

तनहुँ : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले जनताको लगानीबाट जलविद्युत आयोजना निर्माण र उत्पादन गर्न सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सि जिङपिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीको क्रममा जलविद्युतको क्षेत्रमा गरिएको सझौताप्रति इ‌ंगित गर्दै मुख्यमन्त्री गुरुङले जलविद्युत स्वदेशी लगानीमा निर्माण गर्न सकिने बताएका हुन्।

तनहुँको भानु नगरपालिका २ स्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले जलविद्युतमा नेपाली जनताले लगानी गर्न चाहेको बताएका हुन्। ‘घर घरमा विजुली, जनजनमा शेयर’ भन्ने चुनावी एजेन्डा लिएर जनता समक्ष गएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले जनताको लगानीबाटै प्रदेश सरकारले जलविद्युत निर्माण गर्न सक्ने हुँदा विदेशी लगानी आवश्यक नभएको उनको भनाई छ।‘ 'अमेरिका, चीन, भारत जस्ता ठूला राष्ट्रलाई शेयर दिएर घरघरमा विजुली पुग्दैन,' उनले भने, ‘जन जनमा शेयर कसरी ल्याउने भनेर प्रदेश सरकार चिन्तामा छ।’ 

जलविद्युतको अथाह स्रोत भएको प्रदेश ४ ले निर्माणको लागि संघीय सरकार, नेपाल विद्युत प्राधिकरण सहमति गरेर स्थानीय सरकारसँग समन्वय गरी जनताको सहभागितामा प्रदेश सरकारले जलविद्युत उत्पादनको लागि पहल गरिरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए। विदेशीको मात्रै भर परेर विकास नहुने बताउदै उनले भने, '२००७ सालदेखि  नै विदेशी आइरहेका छन्। विदेशीको धेरै अपेक्षा र मुख ताकेर आफ्नो देशको समृद्धि हुने रहेन छ।'  ७० वर्षको इतिहासमा थाहा पाइसकेको उनको भनाई छ। 'इतिहासबाट हामीले पाठ सिक्नुपर्छ। अब अधिकतम रुपमा आफ्नो जनतालाई विश्वास गरेर स्रोत र साधनको परिचालन गरी विकास गर्नुपर्छ।' 

‘संघीयताले नै विकास गर्छ भनेर हामी गएका हौं। लहडले कसैको कारणले संघीय व्यवस्थामा गएका होइनौं’ मुख्यमन्त्री गुरुङले भने, 'अमेरिकाले दिएर विकास होला चीन र भारतले आएर विकास गरी देला र हाम्रो उत्थान होला भनेर सोच्नु हुँदैन।' हामी आफैले विकास गर्न संघीयतामा गएको हाे।' जलविद्युतमा ५० प्रतिशत योगदान ‘पञ्चायत, राजा, महााराजा, फालियो, अस्थिर सरकारको पनि अन्त्य भयो। अब कसैलाई दोष दिने ठाउँ छैन। अब हाम्रो यात्रा समृद्धिको लागि मात्रै हुनुपर्छ,’ उनले भने। 

अब विकासका लागि सहमति खोज्नुपर्ने बताउँदै मूख्यमन्त्री गुरुङले समृद्धि जनताबाट जनताले नै समृद्धि ल्याउनुपर्ने बताए। जनताको नेतृत्वमा विकास गर्नुपर्छ भनेर सरकारले योजना तयार गर्नुपर्ने उनको भनाई छ। प्रत्येक पालिकामा उद्योग ग्राम खोल्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले त्यसको लागि ठाउँ पहिचान गर्न गाउँपालिका र नगरपालिकालाई आग्रह गरे। प्रदेश ४ को मुख्य आम्दानी पर्यटन, जलविद्युत र कृषिमा आधुनिकीकरणबाट पाँच वर्षभित्रै नेपालकै समृद्ध प्रदेश बनाउन सकिने मुख्यमन्त्री गुरुङले बताए।

मुटु,मृगौला, क्यान्सर जस्ता उपचारको लागि अर्को प्रदेशमा जान नपर्ने गरी जटिल रोगको उपचारको लागि प्रदेशमै भानु सामुदायिक अस्पताललाई स्तरबृद्धि गरी अस्पताल निर्माणका लागि सहयोग गर्ने मख्यमन्त्री गुरुङले प्रतिबद्धता जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.