|
गोल गरेपछि खुसीयाली मनाउँदै एमबापे १० नम्बरको जर्सीमा

काठमाडौं : फ्रान्सका लागि विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेर कीर्तिमान राखेका केयलिन एमबापेको गोलको मद्दतमा फ्रान्स नकआउट चरणमा पुगेको छ। फ्रान्सले बिहीबार भएको दोस्रो खेलमा पेरुलाई पराजित गरेको हो। 

यो पराजयसँगै पेरु रुसमा जारी विश्वकपबाट समूहचरणबाटै घर जान लागेको हो। 

फ्रान्सका लागि एमबापेले ३४औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि दुवै टीमले गोल गर्न नसकेपछि एमबापेको गोल नै निर्णायक भयो। एमबापे आज १९ वर्ष १८३ दिनका भए। यसअघि सबैभन्दा कम उमेरमा विश्वकपमा फ्रान्सका लागि गोल गर्ने खेलाडीको कीर्तिमान डेभिड ट्रेजग्वेटको नाममा रहेको थियो। उनले २० वर्ष २४६ दिनको उमेरमा कीर्तिमान राखेका थिए, जुन आज तोडिएको छ।

आजको खेलको म्यान अफ द म्याच पनि एमबापे नै भए। ग्रुप सी को यो खेलमा पेरु दुई खेलमा पराजीत भएको छ भने फ्रान्स दुई खेलमा जीत हात पार्दै अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको छ। 

यो समूहको दोस्रो नम्बरमा चार अंकका साथ डेनमार्क रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.