|

बारा : प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बाराको निजगढमा शुक्रबार सुरु हुँदैछ। शुक्रबार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहनेछ।

विभिन्न १३ तौल समुहका विचमा प्रतिष्पर्धा हुने प्रतियोगिता आयोजक निजगढ तेक्वान्दो डोजाङका अध्यक्ष संयोजक बसन्त लामाले जानकारी दिए। महिला तर्फ ६ तथा पुरुष तर्फ ७ गरि कुल १३ तौल समुहमा प्रतिष्पर्धा हुने लामाले बताए।  महिला तर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौल समुह रहनेछन् भने पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच प्रतिस्पर्धा हुनेछ। 

शुक्रबार जिल्ला कभर्डहलमा प्रतियोगिताको निजगढ नगर प्रमुख सुरेश कुमार खनालले उद्घाटन गर्दैछन्। तेक्वान्दोको राष्ट्रिय स्तरको प्रतियोगिता बारामा पहिलोपटक आयोजना हुन लागेको संयोजक लामाले बताए। निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह आयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.