करेन्ट लाग्दा बालकको ज्यान गयो

|

इनरुवा : सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी ११ वर्षीय प्रशान्तकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रशान्तलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमामृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनका छोरा ६ वर्षीय आयुष र छोरी नौ वर्षीया नेहा मेहता सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर बालकको मृत्यु भएको छ। स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका अाठ वर्षीय एलिस श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिसको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.