|

नवलपरासी : पश्चिम नवलपरासीको सीमानाका महेशपुरबाट आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ९ जना महिला तथा किशोरीहरुको उद्धार गरिएको माईती नेपालले जनाएको छ। यसरी उद्धार हुनेमा १८ वर्ष भन्दा मुनिका ३५ जना किशोरी रहेका र ७४ जना १८ वर्ष भन्दा माथिका महिला रहेको माईती नेपालकी क्षेत्रीय प्रमुख माया क्षेत्रीले बताइन्। 

सन् २०१८ को जनवरी देखि मे महिनासम्म त्यसरी जान लागेका ४३ जना महिलाहरुलाई माईती नेपालले रोक्न सफल भएको जनाएको छ। ओसारपसारमा संलग्नहरुले विपन्न समुदायका किशोरी र महिलाहरुलाई लक्षित गर्ने गरेका छन्। उद्धार गरिएका मध्ये ३३ जना दलित समुदायका तथा ३६ जना जनजाति समुदायका, मधेसी मुस्लिम २५ जना र ब्राहमण क्षेत्री १५ जना रहेको क्षेत्रीले जानकारी दिइन। ती मध्ये ३८ जना नवलपरासी जिल्लाकै किशोरी र महिला छन् भने अन्य कास्की, सिन्धुली, चितवन, पाल्पा, मकवानपुर, नुवाकोट, गुल्मीलगायतका जिल्लाका रहेका छन्। 

मानवबेचविखन कार्यमा सम्लग्न व्यक्तिहरुले किशोरीहरुलाई लक्षित गर्ने गरेको पाईएको छ। भारतमा प्रख्यात अरकेष्टा नाच र नेटवर्किङ व्यवसायमा प्रयोग गर्नका लागि दलालहरुले नेपालका किशोरीहरुलाई लक्षित गर्ने गरेका छन्।

नवलपरासीको सीमा महेशपुर हुँदै भारतमा बेचविखन तथा ओसारपसार गरिने महिलाहरु प्राय किशोरी उमेरका र अरकेष्टा नाच र नेटवर्किङ व्यवसायमा धेरै पैसा कमाउने प्रलोभनमा पारेर लैजाने गरेको पाईएको हो। विभन्न समयमा उद्धार गरिएका किशोरीहरुले सुरुको समयमा आफुहरुलाई विभिन्न प्रलोभन देखाए धेरै पैसा कमाउन भारत लैजान लागेको स्विकार गरे पनि वक पत्रमा बोली फेर्ने गरेका कारण पनि दोषीलाई कारबाही गर्न अफ्ठेरो हुनेगरेको क्षेत्रीले बताइन। प्रहरीले समेत सामान्य मेलमिलापको रुपमा आरोपीलाई छाडिदिने र मुद्दा दर्ता गर्न समेत आनाकानी गर्ने गरेको क्षेत्रीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.