|

भक्तपुर : मध्यपुर ठिमी–२ सानोठिमी क्याम्पस अगाडि टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। 

शुक्रबार बिहान काठमाडौं पेप्सीकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक चेलाङ घर भई हाल ठिमी–६ बस्ने ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको हो। 

तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.