|

बारा : पूर्वपश्चिम राजमार्गको बाराको निजगढस्थित बकैया–भमरा खण्डका संरचना खाली गर्न निजगढ नगरपालिका कार्यालयले डोजर चलाएको छ। राजमार्गको मध्यभागबाट दायाँ÷बायाँ २५–२५ मिटरभित्र रहेको भौतिक संरचना, रुख, निर्माण सामाग्री खाली गर्न नगरपालिकाले डोजर चलाएको हो।

नगरपालिकाले दुई महिना अघि सार्वजनिक सूचना प्रकाशित गरि ब्यवसायीलाई आफ्नो घर, पसल अगाडी राखिएको निर्माण सामाग्री खाली गर्न सूचित गरेको थियो।

राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटना बढेको र बजार क्षेत्रको स्वरुप नराम्रो देखिएकाले राजमार्ग खाली गर्न थालिएको नगर प्रमुख सुरेश कुमार खनालले बताए।

गर्मीको मौषममा छाहारी दिदै आएका रुख ढालेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। सडक निर्माणको योजना बिना नै रुख काटिएको भन्दै असन्तुष्टि जनाएका हुन्। नगर प्रमुख सुरेश कुमार खनालले भने पुरानो रुख हटाएर नयाँ विरुवा रोप्ने योजना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.