|

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा २१ ऐन, कानुन तथा निर्देशिका पारित भएका छन्। संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा नगर कार्यपालिकाले कानुन पारित गरेको हो। नगरसभा र नगर कार्यपालिकाबाट उक्त कानुन पारित गरिएका छन्। ती सबै कानुन स्थानीय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा प्रवेश भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताए।

नगर प्रमुख किरण सिंहले स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर कार्यपालिका सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरिएको बताए। ‘संविधानमा स्थानीय सरकारको व्यवस्था छ, त्यसअनुसार स्थानीय सरकार सञ्चालन ऐन बनेको छ, त्यसको अधीनमा भएर नगर कार्यपालिका सञ्चालनका लागि आवश्यक कानुन बनाइरहेका छौ,’ प्रमुख सिंहले भने, ’नगरपालिकाबाट २१ वटा ऐन, कानुन तथा निर्देशिका निर्माण गरिएको छ।’

कपिलवस्तु नगरपालिकामा हालसम्म ऐन, नियमावली, निर्देशिका कार्यविधि, आचारसंहिता गरी २१ कानुन निर्माण गरिएका छन्। ती कानुनमा आर्थिक विधेयक, विनियोजन विधेयक, बैठक सञ्चालन कार्यविधि, नगर कार्यपालिका कार्य विभाजन नियमावली, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, पदाधिकारीहरूका लागि आचारसंहिता, ’घ’ वर्गका निर्माण व्यवसायीको नयाँ इजाजत पत्र जारी गर्नेसम्बन्धी कार्यविधिलगायतका छन्।

यसैगरी, स्थानीय तह शिक्षा नियमावली, बजार अनुगमन निर्देशिका, एफएम रेडियो सञचालन तथा कार्यविधि, स्थानीय तहका सहकारी ऐन, एकिकृत सम्पत्ति कर ब्यबस्थापन नमुना कार्यविधि तथा स्थानीय तहको योजना तथा बजेट तर्जुमा सम्बन्धी दिग्दर्शन लगायतका नियमावली, निर्देशिका नगर कार्यपालिका र ऐनहरु नगरसभाबाट पारित भएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐनको दफा २०७४ को १०२ को उप दफा ३ मा स्थानीय तहलाई कानुन बनाउने अधिकार दिएको छ। ती कानुन नगर प्रमुख (मेयर)ले प्रमाणकीरण गरेपछि राजपत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.