|

तनहुँ : अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा स्काभेटरसहित तीन टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति साढे ११ बजेतिर सेती नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको स्काभेटरको चाबीसहित चालक र टिपर चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तनहुँको म्याग्दे गाउँपालिका-५ बादरकुनास्थित सेती नदी किनारबाट अवैध रूपमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्दै गरेको ग१क ३१८४ नम्बरको स्काभेटर र ग१क ३५५०, ग१क २९७६ र ग१क २४१५ नम्बरको टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अवैध रूपमा नदी किनारमा स्काभेटरको प्रयोग गरेर टिपरमार्फत नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ती सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्रयोग भएको स्काभेटर मेसिनको चालक तनहुँको म्याग्दे गाउँपालिका-४ का २१ वर्षीय अजय लामासहित सवारीको चाबी नियन्त्रणमा लिएको मल्लले बताए। बालुवा लोड गर्दै गरेको तीन टिपरका चालकहरु म्याग्दे ४ का २२ वर्षीय भरत विक, सोही स्थानकै १९ वर्षीय केश बहादुर विक र २४ वर्षीय राजेश थापा प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।

अवैध उत्खनन् एवं चोरी निकासी कार्यमा संलग्न भएका उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति तनहुँ कार्यालयमा पठाइएको मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.