|
Photo : BBC.com

पैसा, जमिन र लडाकू गुमाएपछि इस्लामिक स्टेट रहन्छ?

रुस, टर्की, इराक, सिरिया र अमेरिकी सेनाको हमालाका कारण आइएसले पछिल्लो समय आफ्नो कब्जामा गरेको ठूलो भूभाग गुमाएको छ। भूभागसँगै यस लडाँइमा आइएसको ठूलो पैसा खर्च भइसकेको छ। आइएसका थुप्रै लडाकू मारिएका छन्। आइएसमा यसको असर कस्तो परेको छ? के आइएस सकिएको हो? बेलायती सञ्चारमाध्यम बीबीसीका लागि हेलेना मेरीम्यानले गरेको विश्लेषण :

सै वर्षको अगस्ट १३ मा उत्तरी सिरियास्थित मान्विज शहर आइएसको कब्जाबाट स्वतन्त्र भयो। सबै लडाकू मारिएपछि स्थानीयवासीहरु सडकमा ओर्लिए। पूरुषहरु सडकको कुनामा बसेर दारी खौरन व्यस्त थिए, महिलाहरुले बुर्का फाले। एउटी वृद्धाले चुरोट सल्काइन् र चुरोटको धुवाँसँगै लामो मुस्कान छाडिन्। यसअघि आइएसले यहाँ यस्ता गतिविधीमा रोक लगाएको थियो।

आइएसले कोबाने, अल क्वारियाटेन,टिर्किटफल्लुजा शहरमा समेत आफ्नो नियन्त्रण गुमाइसकेको छ।

अहिले आइएससँग कति जमिन छ?

आइएचएसले अहिले आइएसको नियन्त्रणमा रहेको भूभागको नक्सा सार्वजनिक गर्दै भनेको छ,'आइएसले गुमाएको भूभाग परिमाण तपाईले कसरी मापन गर्नुहुन्छ भन्नेमा भरपर्छ?'

विश्लेषक फिराज अबि अली भन्छन्,'यदी तपाईले मरुभूमीलाई पनि जोड्नुभयो भने आइएसले एक वर्षअघि कब्जा गरेको भूभागको आधा भूभाग गुमाएको छ।'

तर आइएसको शक्ति कति कमजोर भयो भनेर बुझ्‍‍न उसले कति शहर गुमायो भन्‍ने जानकारी हासिल गर्नपर्छ। मान्विजजस्ता शहर गुमाउँदा आइएसले टर्किस सीमासँगको आफ्नो पहुँच गुमाएको छ। यसको अर्थ विदेशबाट लडाकू, हतियार र मिसाइल ल्याउन आइएसलाई गाह्रो हुदैँछ। शहर गुमाउनु भनेको पैसा गुमाउनु पनि हो।

'जब तपाईले मानिस र जग्गामाथि नियन्त्रण राख्नुहुन्छ। त्यतिबेला तपाईले कर समेत उठाउनुहुन्छ।' फिराज अबि अलि भन्छन्,'तपाईले शहरको जनसंख्यालाई कर तिर्न बाध्य बनाउन सक्नुहुन्छ। आफ्नो भूभाग गुमाएपछि आइएसले त्यतिकै संख्यामा आम्दानीको स्रोत समेत गुमाएको छ। त्यसैले अहिले आइएससँग निकै कम पैसा छ।' 

फिराज अबि अली आइएसले पैसा कमाउनका लागि एक तिहाई क्षमता गुमाइसकेको बताउँछन्। उनी सन् २०१७ सम्ममा यो समूह परास्त हुने भविष्यवाणी गर्छन्।

अहिलेको ठूलो प्रश्‍न के हो भने आइएसले फेरि यी शहरमा कब्जा जमाउन सक्छ या सक्दैन। यसको जवाफ ती शहरमा आइएसलाई कति समर्थन छ भन्ने नै हो। सिरियास्थित हसन हसनको शहरलाई आइएसले केही वर्षअघि कब्जामा लिएको थियो। अहिले उनी वासिङटन डिसीस्थित ताहरिर इन्स्टिच्यूटमा विश्लेषक छन्।

पछिल्ला केही वर्ष हसन आइएसका लडाकूसँग अनलाईनमा नियमितजसो कुराकानी गरिरहेका हुन्छन्। हसन भन्छन्,'अहिले उनीहरु अत्तालिएका छन्। धेरै मानिसहरुको नैतिकता र धैर्यता सन् २०१४ को तुलनामा टुटेको छ।' 

सन् २०१४ ताका इस्लामी क्यालिफेट (इलाका) राज्य बनाउन लडाकूहरु जोशिएका थिए र उनीहरुको भूभाग बढ्दो थियो। तर,अहिले हजारौँ लडाकूहरुले आइएस छाड्दैछन्। युद्धमा मारिएका समेतको संख्या जोड्दा आइएसले अहिले आधा लडाकू गुमाइसकेको हसन बताउँछन्। 

केही समयअघिसम्म प्रत्यक्ष रुपमा आइएसमा आबद्ध नभइ उसलाई समर्थन गर्नेहरु धेरै थिए। तर अहिले आइएसले त्यो समर्थन समेत गुमाएको छ। 'सुरुवातमा सिरिया र इराकका मानिसहरुले आइएसलाई बुझेनन्। तर अहिले उनीहरुले बुझ्दैछन्। मानिसहरु सन् २०१४ सम्म आइएसका पक्षमा जसरी बोल्ने अहिले त्यसरी बोल्दैनन्।'

अाइएस आफैँले आफ्नो कमजोर अवस्थालाई स्विकार्न थालेको छ। आफ्नो अरबी समाचार बुलेटिन दाबिकमार्फत उसले आफ्नो सेनालाई फेरि मानसिक रुपमा तयार गर्नुपर्ने आवश्यता औल्याएको छ। 'उनीहरुले आफ्ना सेनालाई मानसिक रुपमा तयार पार्ने काम थालेका छन्।' हसन भन्छन्,'उनीहरुले आइएसका सदस्यहरुले मरुभूमिमा लडाँइ गरेका भिडियोहरु देखाउन थालेका छन्। यी भिडियोहरु नयाँ हुन्।'

भूभाग, सेना र पैसा गुमाएपछि आइएसले आक्रमण गर्ने सामर्थ्य राख्छ सक्छ वा सक्दैन भन्ने प्रश्‍न तेर्सिन्छ। 

रान्ड कर्पोरेशन थिन्क ट्याङ्कको अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा नीति सेन्टरका निर्देशक सेथ जोन्स इराकी तथा अमेरिकी सेनाले सिरिया र इराकमा फेला पारेका आइएसका दस्तावेजहरु अध्ययन गर्दैछन्। 'इस्लामिक स्टेट ठूलो भूभाग कब्जा गर्ने संस्थाबाट एउटा आतंककारी समूहमा परिणत हुदैँछ र यसले अब हमालाको संकेत गर्छ।'

जोन्सका अनुसार सन् २०१४ मा आइएसले प्रतिमहिना १ सय ५० देखि २ सय आक्रमण गर्थ्यो। सन् २०१६ मा उसले प्रतिमहिना झन्डै ४ सय आक्रमण गर्छ।'यो समूहले लडाँई छाड्दैछ भन्नेहरुमा उत्प्रेरणा जगाउने प्रयास गर्दैछन्।' जोनस् भन्छन्,'उनीहरु अझै अस्तित्वमा छन् भन्ने देखाउन  निशाना लगाइरहेका छन्।'

जोन्सका अनुसार आइएसका अन्य कागजात हेर्दा के स्पष्ट हुन्छ भने यो समूह आफ्नो विरुद्धमा अपरेशन चलाइरहेका अमेरिका, बेलायत र अस्ट्रेलियजस्ता देशमा आक्रमण गर्न चाहन्छ। तर कमजोर आर्थिक अवस्थाका कारण उसलाई आक्रमण गर्न गाह्रो छ।

आइएसले अन्य व्यक्तिहरुलाई समेत आफ्नो नाममा आक्रमण गर्न प्रेरित गर्दै आएको छ। यसको अर्थ आइएसका नेताहरुसँग आक्रमणको मास्टरमाइन्ड कम्पेक्स प्लटहरु छैन् भन्ने हो। आइएसले नाइजेरिया, अफगानिस्तान, साउदी अरेबिया, अल्जेरिया र इजिप्ट तथा युरोपका भूभागमा समेत शाखा खोलिरहेको छ। तर यि सबै भूभागमा आइएसमाथि खतरा छ।

यो अवस्थाले प्रश्‍न खडा गर्छ : कति लामो समयसम्म आइएसले आक्रमणका लागि प्रेरित गर्न सक्छ र आफ्नो आदर्शलाई फैलाउन सक्छ? के त्यो समय आउनेछ जब आइएस बाफबाट विलिन हुनेछ?

' कुनै समयमा त्यस्तो आक्रमण हुनसक्नेछ जब यो समूहले थप गुमाउन थाल्नेछ।' सेथ जोन्स भन्छन्,' यो स्पष्ट छैन कहिले आइएसका लागि यस्तो हुन्छ भनेर। तर मलाई लाग्छ यो निकै नजिक छ।'

धेरै विश्लेषकहरु इराकको मोसूल र सिरियाको राका गुमाएको खण्डमा आइएस समाप्तिको बाटोमा पुग्ने बताउँछन्। यदी यस्तो भयो भने के हुन्छ?

'यदी इराक र सिरियामा रहेको क्यालिफेट टुक्रा टुक्रा भयो भनेपछि यो अभियान अन्त्य भएको मान्न मिल्दैन।' आइएसआइएस :अ हिस्ट्रि पुस्तकका लेखक फावाज जर्जेस भन्छन्। 

जर्जेसका अनुसार आलकायदाजस्ता केही सैन्य समूहसँग आइएसका केही आदर्श मिल्न गएपनि एउटा प्रमुख मुद्दामा आइएस अरुभन्दा फरक छ।'आइएसले क्यालिफेटको मात्रै कुरा गर्दैन। उसले शहरहरु एकिकरण गर्छ, सीमाना अन्त्य गर्छ र सबैलाई एउटै घोषणा गर्छ। यस्तो गर्दा आइएसले जिहादीवादलाई विश्वव्यापी बढावा दिएको छ।' उनी भन्छन्,'आउँदा धेरै वर्षसम्म क्यालिफेट मोडलको कल्पनाको ह्याङ्ग जिहादीहरुमा रहनेछ।'

त्यसो भए यि सबै अवस्थाले आइएसलाई कहाँ पुर्‍याउँछ? 

एक वर्षअघि कसैले पनि आइएसले यति छिट्टै यति धेरै गुमाउँछ भनेर सोचेका थिएनन्। अब आउँदा महिनामा आइएसले जति भूभाग गुमाउनेछ त्यति नै लडाकू  पनि उसले गुमाउने छ। सबै सकिएपछि राज्य विनाको इस्लामिक राज्य कसरी हुनसक्छ?

त्यसो भए के इस्लामिक राज्य सकियो? हो उसले आफ्नो क्यालिफेट गुमाउँछ। तर, त्यसपछि  विद्रोह सुरु हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.