|

काठमाडौं : नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुध्द एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ। पत्रमा बुध्द एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान विहान ६:३०, दिउँसो १:०० र साँझ ५:१० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो। मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुध्द एयरले जनाएको छ।

बुध्द एयरका पदाधीकारीसँगको भेटघाटमा मन्त्री अधिकारीले बुध्द एयरको यस घोषणाबाट आफू सकारात्मक रहेको र त्यसै अनुरूप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय घोषणालगायत आवश्यक पूर्वाधार इमिग्रेसन, कस्टमलगायतका काम छ महिनाभित्र सकिने विश्वास दिलाए।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्गलाई दुईतर्फि रुटको रूपमा स्थापित गरेको छ। यस सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब एक घण्टा १० मिनेटमा भर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.