|

 काठमाडौं : किंग्स कलेजले दुई नयाँ कोर्सहरू थपेको छ। एमबिए इन ननप्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री बिजनेस सञ्‍चालन गर्ने थालेको कलेजले जनाएको छ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा साउन दोस्रो सातादेखि कक्षा सञ्‍चालन हुने र यस विषयमा कलेजले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेका कलेजका प्रधानध्यापक नरोत्तम अर्यालले बताए।

कलेजले वन विज्ञान, वनस्पति विज्ञान, वातावरण तथा खनिजलगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाई  एमबिए इन एग्री बिजनेसको कक्षा सञ्‍चालन गर्ने बताइएको छ। व्‍यापार र व्यवस्थापनको क्षेत्रमा रुचि राख्ने जोसुकै विद्यार्थीले पनि यी कक्षा उपयुक्त हुने प्रध्यापक अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.