|

काठमाडौं : ब्राजिलले रुसमा जारी विश्वकपको दोस्रो खेलमा विजय हासिल गरेको छ। ब्राजिलले इन्जुरी समयमा कोस्टारिकालाई २-० ले पराजित  गरेको हो। 

कोस्टारिकाको डिफेन्सले ब्राजिललाई निर्धारित ९० मिनेट रोकेपनि न्यसपछिको ६ मिनेट रोक्न सकेन र लगातार दोस्रो पराजय बेहोर्‍यो।

ब्राजिलका लागि इन्जुरी समयको पहिलो मिनेटमा फिलिप कोउटिन्हो र अन्तिम मिनेटमा नेइमारले गोल गरेका थिए। 

खेलको निर्धारित समयमा कोस्टारिकाको डिफेन्सले ब्राजिललाई गोल गर्न दिएन। ब्राजिलका केही राम्रा सट भने गोलमा परिणत हुन सकेनन्। कोस्टारिकाले भने आक्रमण गर्न सकेन। उसले पूरै अवधि रक्षापंतीमा नै लगाएको थियो। कोस्टारिकाका गोलरक्षक केलर नाभासल‍े ब्रजिलका केही राम्रा अवसरलाई गोलमा परिणत हुन दिएनन्। तर, काउटिन्होलाई र नेइमारलाई भने रोक्न सकेनन्।

खेलको म्यान अफ द  म्याच कोउटिन्हो बने।

समूह ई को ब्राजिल पहिलो खेलमा स्वीजरल्यान्डसँग बराबरीमा रोकिएको थियो भने कोस्टारिका सर्बियासँग पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.