|

ओखलढुंगा : स्थानीय प्रशासनले ओखलढुंगाको बजार अनुगमनलाई तीब्रता दिएको छ। प्रसाशनले जिल्ला सदरमुकाम ओखलढुंगा बजारका होटल तथा पसलको अनुगमनको २४ घण्टा नबित्दै शुक्रबार औषधी पसलमा अनुगमन गरेर म्याद गुज्रिएका औषधी बरामद गरेको छ।

ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौडेल नेतृत्वको चिकित्सकसहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुईवटा मेडिकलमा म्याद गुज्रेका औषधी फेला परेका छन्। सिद्धिचरण नगरपालिका-११ स्थित रमाइलोडाँडामा सञ्चालिन विणा औषधी पसल र कोचइ फार्मेसीमा म्याद गुज्रेका औषधी बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडलले बताए। शुक्रबार गरेको अनुगमनमा सदरमुकाममा संचालित आधिकांश मेडिकल तथा औषधी पसल मापदण्डविपरीत भएको पाइएको छ।

औषधी पसलहरुले म्याद गुज्रेका औषधी बेच्ने, प्रमाणपत्र एउटाको राखेर अर्कैले चलाउने, मेडिकलले बेच्चन नपाउने औषधी बिक्रिवितरण गर्ने र डाक्टरको सिफारिसबिना उपचार गर्ने गरेको पाइएको छ। अनुगमन टोलीले अनियमित तरिकाले सञ्चालन भएका मेडिकल तथा औषधी पसललाई लिखित निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ। निर्देशन तत्काल पालन नगरे कानुनी कारवाही थालिने सहायक प्रजिअ पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.