|

विश्व विजेता बन्ने लक्ष्यसहित रुस पुगेको लियोनल मेसी नेतृत्वको अर्जेन्टिना बिहीबार क्रोएसियासँग भएको खेलमा लज्जास्पद रुपमा हार्‍यो। उक्त खेल हारेसँगै अर्जेन्टिना समूह चरणबाटै घर जानुपर्ने अवस्थाको नजिक छ। भलै, शुक्रबारको खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेर अर्जेन्टिनाको आशा केही जिवितै राखेको छ। अब नकआउट चरणमा पुग्न अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नैपर्ने हुन्छ।

कोएसियासँगको हारले विक्षिप्त बनेको अर्जेन्टिनी टिमको घाउमा खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचारले झन् पीडा थपिदियो। यसलाई लिएर अर्जेन्टिना फूटबल समूहले नै बोल्नुपर्ने अवस्था आयो।

अर्जेन्टिनी फूटबलको आधिकारी संस्थाले यो समाचार अर्जेन्टिनी फुटबल विरुद्धको अफवाहका लागि रचिएको प्रपञ्चबाहेक केही नभएको बताएको छ।

उसले भनेको छ, “यो विल्कुल गलत हो।” उसले अगाडि भनेको छ, “खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्।”

बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.