|

काठमाडौं : नकाबन्दीका वेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउने विषयमा पछि हटेका छन्। इण्डियन आयल कर्पोरेसनको विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउनसक्ने निर्णय गरेका ओली यतिवेला भने त्यसबारे मौन रहेको समाचार नागरिक दैनिकले छापेको छ।

इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीको यो पटकको चीन भ्रमणमा यो विषयमा प्रवेश नै गरिएन दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा दुई देशले जारी गरेको १५ बुँदे संयुक्त वक्तव्यमा नेपालमा इन्धन भण्डारण स्थल बनाउने उल्लेख थियो।

यो पटकको भ्रमणमा पनि इन्धन भण्डारण र पेट्रोलियम अन्वेषणकै विषय दोहोरिएका छन्। चीनसँग इन्धन सम्झौता गर्दा भारत चिढिने कारण यो भ्रमणमा इन्धनको विषयलाई एजेण्डा नबनाइएको जानकार बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.