|
फाइल फोटो

काठमाडौं : पशुपक्षीलाई कुट्ने पिट्ने गरे तीन महिना कैददेखि पाँच हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने भएको छ। काठमाडौ‌ंबाट शनिबार प्रकाशित नेपाल समाचारपत्र दैनिकका अनुसार मुलुक अपराध (संहिता) ऐन–२०७४ को परिच्छेद २७ को दफा २९० मा ‘पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने’ उल्लेख छ।

कसैले पनि कुनै पशुपक्षीलाई कुटी हिर्काई वा बोक्सक्ने क्षमताभन्दा बढी भारी बोकाउन हुँदैन। सामर्थ्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएका पशुलाई काममा लगाउन हुँदै। साथै हानिकारक वस्तु खुवाई वा अन्य कुनै प्रकारले यातना दिन वा पालेका पशुपक्षी सार्वजनिक रूपमा छोड्न वा अन्य कुनै निर्दयी वा क्रूर व्यवहार गरे सजाय हुने व्यवस्था गर्न लागिएको हो।

तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने वा तालिम दिने, कुनै काममा निपुण बनाउने वा उसको प्रकृति र क्षमताअनुसार भारी बोकाउन वा दौडाउन बाधा पर्नेछैन भन्ने उल्लेख छ। परम्परादेखि चलिआएको पशुबलि दिन भने पाइनेछ। यो परिच्छेदमा गाई गोरुलाई मार्न वा कुट्न नपाइने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.