|

नवलपरासी : पूर्व‐पश्चिम राममार्गअन्तर्गत नवलपरासी पूर्वको गैँडकोटमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्। 

गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन्। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.