|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार अपराह्न सार्वजनिक हुने भएको छ। सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा प्रकाशन गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।

अपराह्न ३ बजे राष्ट्रिय परीक्षा बोर्ड बैठक डाकिएको र ४ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

गत वर्षको एसईईपरीक्षामा ७७  जिल्लाका चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ चार लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जनाले परीक्षा दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.