|

विश्वकप आयोजना भइरहको रसियामा अहिले स-साना समाचारहरुले पनि स्थान पाउने गर्छ। विशेष गरेर पश्चिमी मिडियाहरूले रसियाले गरेको यति ठूलो प्रतियोगिताका साना गल्ती उछाल्ने गरेको आरोप रसियाले लगाउने गरेको छ। तर संवेदनशील कुरामा रसियाले ध्यान नदिएको आरोप लाग्दै आएको छ।

पछिल्लो घटनाका रूपमा दर्शकले प्याराफिटमा नै चुरोट सेवन गरिरहको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि रसिया अर्को आलोचनाको सिकार भयो। आयोजक रसियाले १२ वटै रंगशालालाई अति संवेदनशील क्षेत्र घोषणा गरे पनि त्यो अनुसारको चेकजाँच नगरेको आरोप लागेको छ। रगशालाको वरिपरि आन्दोलन गर्न नपाई, भडकिलो किसिमको काम नगर्न नहुनेका साथै सुर्तीजन्य चुरोट सेवन प्रतिबन्धित नै लगाए पनि उक्त गतिविधिहरू हुने गरेका छन् ।

वरिपरि मात्र होइन एक दर्शकलेत सुरक्षाकर्मीलाई छलेर चुरोट नै प्याराफिटसम्म पुर्‍याए। सुरक्षाकर्मीले सबै किसिमको सुरक्षा जाँच गर्दा ती दर्शकबाट चुरोट नै भेटाउन सकेनन् तर जब दर्शक प्याराफिटमा पुगे उनी आफ्नो पर्सबाट एक खिली चुरोट निकाल्दै मस्त तान्न थाले। उनले त्यही पर्सबाट आगोको ज्वाला निकाल्दै चुरोट सल्काए। दर्शकले चुरोट तान्ने गरेको दृश्य ठूलो स्क्रिनमा समेत देखाइएपछि सुरक्षाकर्मीको खुलेर आलोचना भएको छ।

सुरक्षाकर्मीले आफूहरूको सुरक्षा व्यवस्था कमजोर भएको स्वीकार्दै आगामी दिनमा यस्तो नहुने बताएका छन्। सुरक्षाकर्मीले अब दर्शकको पर्समाथि पनि अनुसन्धान हुने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.