|

ब्राजिललाई विश्वकपमा उपाधि दाबेदारीमा नम्बर एक मानिदै छ। शुक्रबार मात्र ब्राजिलले प्रतियोगितामा कोस्टारिका विरुद्ध संघर्षपुर्ण जितसहित नकआटचरण बलियो बनायो। जसमा काउन्टिन्होल प्रतियोगितामा दोस्रो गोल गरे अज काउन्टिन्होले ब्राजिललाई अक्तिरिक्त समयमा उदार गरे भन्दा फरक पर्दैन। कोउन्टिन्होको चर्चासँगै ब्राजिलियन मोडल सुजी कोर्टजले उनीसँग डेट जाने इच्छा ब्यक्त गरेकी छिन्।

लियोनल मेसीका एक नम्बर समर्थक रहेकी कोर्टजले यसपटकको विश्वकपमा मेसीको नभएर आफ्नै राष्ट्रका स्ट्राइकर फिलिप काउन्टिन्होको समर्थन गर्न उत्रीएकी छिन्। विश्वकपमा ब्राजिलले सफलता प्राप्त गर्दा काउन्टिन्होको योगदान धेरै रहेने उनले बताएकी छिन्। ‘यदि यसपटक ब्राजिलले विश्वकप उपाधि उचाल्यो भने काउन्टिन्हो नायक हुने छन्, सवै खेलमा उसको प्रभाव रहने छ, उनको प्रभावबाट म कसरी मुक्त हुन सक्छु उनीसँग डेट जाने इच्छा छ।’

काउन्टिन्होतर्फ ढल्केकी सुची भन्छिन्, ‘वर्तमान समयमा ब्राजिलका उत्कृष्ट खेलाडी नै उनीमात्रै हुन्। उनीजस्तो खेलाडीले मलाई समय दिएको खण्डमा त्यो अभुतपुर्व हुने छ।’ सुजीले स्ट्राइकर नेयमार जुनियरको भने आलोचना गरिन् उनले नाटकबाजी बढी गर्ने गरेको तथा केवल मिडियाबाजी र स्टन्टमा नेयमार अघि रहेको उनको आरोप थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.