|

युरोपियन टप क्लास टिम बेल्जियम जारी विश्वकपमा अन्य शीर्ष टिमभन्दा राम्रो लयमा छ। बेल्जियमले आफ्नो पहिलो खेलमा सहज जित निकालेकाले समूहचरणको दोस्रो खेलमा आज साँझ ५:४५ बजे ओक्राटिया मैदानमा ट्युनिसियालाई हराउँदै  नकआउट चरण प्रवेश गर्ने योजनामा हुनेछ।

विश्वकपको पहिलो खेलमा पानामाविरुद्ध ३–० को प्रभावशाली जित निकालेकाले बेल्जियम सोही रवाफलाई कायम राख्न चाहन्छ। २०१६ मा युरोकपमा जर्मनीसँग पराजित भएयता अपराजित रहेकाले बेल्जियम स्वाभाविक बलियो छ। त्यसोत ट्युनिसियाले प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डमाथि दबाबपूर्ण प्रदर्शन गरेको थियो। तर, अक्तिरिक्त समयमा टोटनह्याम स्टार ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए। सम्भावित बराबरीबाट अन्तिम समयमा चुकेको ट्युनिसिया प्रतियोगितामा नकआट चरणलाई कायमै राख्न पनि निश्चित जितको अपेक्षामा हुनेछ।

बेल्जियम र ट्युनिसियाले १६ वर्षअघि विश्वकपको मञ्चमानै एकअर्काविरुद्ध प्रतिष्पर्धा गरेका थिए। सन २००२ मा भएको विश्वकपमा बेल्जियमलाई १-१ गोलको बराबरीमा रोकेको ट्युनिसिया लामो समयपछि फेरि बेल्जियम नै प्रतिद्वन्द्वीविरुद्ध खेल्दै छ।

यद्धपि, विश्वकपबाहेक २०१४ मा यी दुई देशबीच मैत्रिपूर्ण प्रतिस्‍पर्धा भएको थियो । उक्त खेलमा भने बेल्जियम १-० ले विजयी भएको थियो। त्यसैले ट्युनिसया बेल्जियमविरुद्ध सचेत हुने पक्का छ। ट्युनिसियाले बेल्जियमलाई पराजित गरेको इतिहास पनि छ । १९९२ भएको मैत्रिपूर्ण खेलमा २-१ ले ट्युनिसिया विजयी भएको थियो। तर, योपटक राम्रो लयमा रहेका बेल्जियम स्टार खेलाडीलाई रोक्नलाई सहज भने हुनेछैन।

पानामाविरुद्ध दुई गोल गरेको रोमियो लुकाकु तथा इडन हजार्ड ट्युनिसियाको टाउको दुखाउन पर्याप्त हुनेछन्। तर, इंग्ल्यानडका स्टारलाई लामो समय रोकेको अनुभव भएको ट्युनिसियाले बेल्जियमलाई सहजै खेल सुम्पिने पक्षमा नुहँदा खेल रोमाञ्चक हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.