|

साविक विश्व विजेता जर्मनी अहिले ठूलो दबाबमा छ। समूह ‘एफ’ को पहिलो खेलमा मेक्सीकोसँग अप्रत्यासित हारपछि उसको नकआउट चरण संघर्षपूर्ण बनेको छ। पहिलो खेलको हारपछि अब जर्मनीलाई दोस्रो गल्ती के कुनै गुन्जायस हुनेछैन र स्वीडेनविरुद्ध जित निर्विकल्प हुनेछ। पराजयले जर्मन घर फर्कनेछ।

जर्मनीले स्वीडेनविरुद्ध आफूलाई सधैँ बलियो राख्दै आएको छ। जर्मनी १९८८ यता स्वीडेनसँग पराजित नभएकाले आफ्नो सोही छविलाई आज मध्यरातमा निरन्तरता दिनु चुनौती हुनेछ । त्यसोत पहिलो खेलमा पराजित भएपछि जर्मनी दबाबमा स्वाभाविक रूपमा रहनेछ।

तर स्वीडेनले दक्षिण कोरियालाइ हराएर तीन अंक हासिल गरेकाले जर्मनीविरुद्ध विनादबाबमा मैदानमा उत्रँदा जर्मनीलाई स्वाभाविक प्रेसर पर्नेछ । १९८८ यता भएका ७ भिडन्तमा जर्मनीले ५ मा जित निकालेको छ भने दुई खेलमा मात्र स्वीडेनले बराबरी गरेको छ। पछिल्लोपटक यी दुईबीच २०१३ मा प्रतिष्पर्धा भएको थियो। जसमा जर्मनी ५-३ ले विजयी भएको थियो। त्यसैले बलियो इतिहास निरन्तरताको पक्षमा जर्मनी रहनेछ।

स्वीडेनले जर्मनीविरुद्ध १९८८ अघि दबाब दिने गर्थ्यो। तर त्यसपछि भने स्वीडेनमाथि जर्मनी एकपक्षीय हाबी भएको छ। त्यसअघि जर्मनीलाई चुनौती दिने टिमका रूपमा स्वीडेनलाई लिने गरिन्थ्यो तर पछिल्लोपटक अवस्था फेरिएको छ। स्वीडेन युरोपको बलियो प्रतिष्पर्धी रहे पनि जर्मनीको हकमा स्वीडेन सधैँ कमजोर प्रतिद्वन्द्वी नै रहने गरेको छ।

त्यसैले योपटक स्वीडेनलाई उक्त छवि हटाउने मौका रहेको छ। पहिलो खेलमा जित निकालेकाले बिना दबाबको स्वीडेनलाई पहिलो चरणबाटै आउट हुने संघारमा पुगेको जर्मनीको दाबेदारी आफैमा महत्वपुर्ण हुने छ। समग्रमा अघिल्लो चरणका लागि जर्मनीलाई चुनौती दिने टिमका रुपमा स्वीडेन रहेकाले मध्यरातको खेल रोमाञ्चक हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.