|

वीरगन्ज :  प्रदेश-२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले प्रदेश-२ मा ५० प्रतिशत महिला प्रहरीको व्यवस्था गर्न प्रदेश प्रहरी ऐन ल्याउने तयारी भइरहेको बताएका छन्। नेपाल पत्रकार महासंघ प्रदेश-२ को प्रदेश समितिको विस्तारित बैठकमा मुख्यमन्त्री गद्दीले यस्तो बताएका हुन्।

संघीय सरकार मातहत २०१२ को प्रहरी ऐन प्रभावकारी भए पनि प्रदेशमा भने छुट्टै ऐन ल्याउने तयारी भएरहेको बताएका हुन्। केन्द्र सरकारले अझै कर्मचारी र प्रदेश प्रहरी ऐन जस्ता प्रदेश सरकार मातहत हुने अधिकारलाई दिन आनाकानी गरिरहेको भन्दै प्रदेश सरकार अब पाँच बर्षसम्म कुरेर बसिरहन नसक्ने भन्दै प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन प्रदेश प्रहरी ऐन, लोक सेवा आयोग जस्ता प्रदेशलाई महत्त्वपूण आवश्यकीय ऐनहरू ल्याउन प्रदेश सरकारले तयारी गरिरहेको बताए।

संघीय सरकार जस्तो पत्रकारको हकमा प्रदेश सरकार निरंकुश नभई मिडियामैत्री हुने मुख्य मन्त्री गद्दीको तर्क छ। नेपालको राजनीति परिवर्तनको इतिहासमा संचारक्षेत्रले खेलेको भूमिकालाई उच्च प्राथमिकता दिँदै आफू मुख्यमन्त्री रहुन्जेल यो प्रदेशको मिडिया क्षेत्रमा कतैबाट आँच आउन नदिने उनले दावी गरे। प्रदेश सरकारले चाँडै प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गर्ने बताएका छन्। उनले एक फरक प्रशंगमा संघीय सरकारले नेपालमा संघीयता फेल गराउने अभिप्रयायले अधिकार प्रत्यायोजन गर्न हिच्किचाई रहेको आरोप लगाए। संघीय सरकारको अहिलेसम्मको नीति असफल छ मुख्यमन्त्री गद्दीले तर्क गरे।

प्रदेश-२ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा भएको प्रदेश स्तरीय विस्तारित बैठको उद्घाटन शत्रमा बोल्दै पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्रदेश-२ का उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारालगायत पत्रकारले प्रदेश सरकारले पारित गरेको नीति तथा कार्यक्रममा पत्रकारको हितको लागि खासै नीति नआएको दावी गरेका छन्। केन्द्रका उपाध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास गर्दा पूर्वराजाको इतिहासमा भएको हालतलाई नजरअन्दाज नगर्ने संघीय सरकार र प्रदेश सरकारहरुले स्मरण गर्नुपर्ने तर्क गरेका थिए।

प्रदेश-२ को नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय विस्तारित बैठकले विभिन्न नयाँ निर्णय गर्दै शनिबार अबेरसम्ममा बैठक सम्पन्न गर्ने अध्यक्ष दीपेन्द्र चौहानले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.