|

पर्वत : शनिबार पर्वतमा भएका दुई फरक फरक घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार जिल्लाको मोदी गाउँपालिकाको बेतेनीमा करेन्ट लागेर सोही गाउँपालिका २ सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको घटनास्थलमा नै मृत्यु भएको हो। 

नेपाल विद्युत प्राधिकरण मोदीखोला ड्याम साइडको छेउमा थाँक्रा काट्ने क्रममा ३३ के.भी. मोदी खोला प्रसारण लाइनमा छोइएको सोही रुखबाट शर्मालाई करेन्ट लागेको हो। त्यसैगरी जिल्लाकै फलेवास नगरपालिका १ कार्की नेटाको बडीगाउँ भैलेको भीरबाट खसेर २८ वर्षीय ढाकाराम बिकको मृत्यु भएको छ।

प्रहरी निरीक्षक आचार्यकाअनुसार कार्कीनेटाकै ढुंगेठाटीका बिक भीरबाट झण्डै ६० मिटर तल खसेर मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.