|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन्।

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठौँ वर्ष प्रवेशका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राखे।

“प्रेस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँगे्रसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन” महामन्त्री कोइरालाले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताए।

कार्यक्रममा नेपाल प्रेस युनियन एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने बताए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.