|

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव-२०७५ को प्रमथ पुरस्कार काभ्रेपलान्चोकका फूलमान बललार्इ  प्रदान गरिने भएको छ। प्रज्ञा प्रतिष्ठानले उनको 'इन्द्रेणीको गीत' शीर्षकको कवितालार्इ उत्कृष्ठ ठहर गर्दै उक्त पुरस्कार अर्पण गर्ने घोषणा गरेको छ।

प्रज्ञा प्रतिष्ठानले द्वितीय पुरस्कारका लागि धादिङकी कवि सुनिता दुलालको 'श्यामश्वेत फोटो'लार्इ छनोट गरिएको छ भने तृतीय पुरस्कार एकैसाथ तीनजना कविलार्इ दिने निर्णय गरेको छ। तृतीय पुरस्कारका लागि तेह्रथुमकी एलिना दुलालको 'लाहुरेकी स्वास्नी',  रामेछापका जीवन क्षेत्रीको 'एउटा अर्को प्यास' र मोरङकी मेनुका चापागार्इंको 'बिराएछु बाटो' कवितालार्इ छनोट गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.