|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी सदस्यबाट उठ्ने लेभीबाटै मासिक १० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने देखिएको छ।

पार्टीको संगठित सदस्यबाट मासिक १०० र साधारण सदस्यबाट मासिक २० रुपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

दुई ठूला कम्युनिस्ट घटक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि गत जेठमा नेकपाले नयाँ पार्टी सञ्चालनका लागि विधान तथा नियमावली निर्माण गरेको हो। नेकपाले आफ्नो नवनिर्मित पार्टीको संगठन सदस्य नै सात लाखभन्दा बढी रहेको दावी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.