|

काठमाडाै‌ : ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको नतिजा सार्वजनिक भएको छ। एसईईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन्। आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन्।

यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए। त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ। नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजा]र रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताएकाे खबर नयाँ पत्रिका दैनिकमा छ।

एसइइ नतिजा झन् खस्कियो 

अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६ दशमलव ४६ प्रतिशतले खस्किएको खबर कान्तिपुरमा छ। 

गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यस वर्ष ७९.९२ प्रतिशतमा झरेको हो। तीन वर्ष अघि यही समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या ८३.३३ प्रतिशत मात्रै थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.