|

काठमाडौं  : संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् ।

सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ। विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको  खबर राजधानी दैनिकमा छ।

त्यस्तै साेहि दैनिकमा सशस्त्रकाे साउनदेखि पुरै संरचना परिवर्तन गर्ने भन्ने खबर छ। अर्ध सैनिक बल सशस्त्रकाे अागामी साउनदेखि नयाँ संरचना परिवर्तन हुने भएकाे छ। अब गणमा एएसपी पावरफुल हुने छ। उसले इन्सपेक्टर मुनिका सबै  प्रहरीकाे सरुवा गर्ने अधिकार दिइएकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.