|

कञ्चनपुर : कञ्चनपुरको अर्जुनी स्थित नेपाली सेनाको ब्यारेकमा रहेको सर्पदंश उपचार केन्द्रमा दुई महिनाको अबधिमा ४० जना सर्पले टोकेका विरामीको उपचार गरिएको छ।  वैशाखको तेश्रो साता देखि असारको हाल सम्म ४० जना सर्पले टोकेका विरामीले उपचार गरिएको हो।

जस मध्ये सोही अबधिमा पाँच जना लाई बिषालु सर्पले टोकेको र चार जना सर्पले टोकेका  विरामीको उपचार हुन नसकेपछि अन्यत्र उपचारका लागि पठाईएको उपचार केद्रका प्राविधिक सुवेदार दिपेन्द्र बहादुर कार्कीले बताए। सर्पको टोकाईबाट उपचारका लागि पुग्नेमा ९० प्रतिशत महिला रहेका छन्।

सर्पले टोकेपछि उपचारका लागि आउनेमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार, किसान, दलित र जनजाती समुदायका व्यक्तिहरु बढी रहेका छन्। सर्पले टोके पछि उपचार केन्द्रमा पुगेका कुनै पनि विरामीको तीन महिनाको अवधि मृत्यु भने भएको छैन्। आव ०७१/७२ मा ३७, आव ०७२\७३ मा १०६, आव ०७३\७४ मा ६३ जना र आव ०७४\७५ मा १७२ जना विरामीको केन्द्रमा उपचार गरिएको छ।

उपचार केन्द्र स्थापना भएको पाँच बर्षको अबधिमा भने तीन सय ७८ जना सर्पले टोकेका विरामीको उपचार गरिएको छ ।  केन्द्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालीकाका सर्पदंश लागेका विरामी उपचारका लागि पुग्ने गरेका छन्। 

सर्पले टोकेका  अधिकांस विरामीलाई सर्पले खेतमा काम गर्दा, घर आँगनमा अधेरोका बेला करेसावारीमा तरकारी टिप्न जाँदा,  गोठमा जाँदा  र चुलो चौको गर्न जाँदा बढी टोक्ने गरेको पाईएकोले यस्ता ठाउमा जाँदा खुट्टामा सके सम्म जुताको प्रयोग गर्ने र टर्च लाईटको प्रयोग गर्नु पर्ने प्राविधिक कार्कीको भनाइे छ ।

‘सावधानी अपनाउदा अपनाउदै पनि सर्पदंश लागेमा बैद्य र झारफुक गर्नुहरुको शरणमा नगई सोझै उपचार केन्द्रमा पुगे ज्यान जोगाउन सकिन्छ’ उनले भने अधिकांश सर्पले टोकेका विरामीको डरका कारण हार्टअट्याक भै ज्यान जाने गरेको पाईएकाले सर्पले टोकेमा विरामीको घाउ भएको स्थानलाई हलचल नगराई सिधै उपचार केन्द्रमा पुर्याउनु पर्दछ।

सर्प लुक्न सक्ने घर वरिपरिको झाडी, घाँस सफा गर्ने र पानीका खाल्टा पुर्ने कार्य गरिनु पर्ने उनको भनाइ छ। उनका अनुसार उपचार केन्द्रमा क्षेत्रिय मेडिकल स्टोर धनगढीले उपलव्ध गराएको ५० र महाकाली अञ्चल अस्पताले उपलव्ध गराएको ५० गरी एक सय थान एन्टीस्नेक भेनम मौज्दात रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.