|

बारा : नेपाली  नागरिकता किर्ते मुद्दामा अदालतबाट कैद तथा जरीवाना तोकिएका चार फरार अभियुक्त बाराको सिम्रौनगढमा पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ नगरपालिका–७ का ५५ बर्षीय नजामुद्दिन मिया अन्सारी, ७५ बर्षीय फत्ते अहमद अन्सारी, ५८ बर्षीय जितु साह  र ६५ बर्षीय बृजकिशोर प्रसादलाई पक्राउ गरेको हो। उनीहरु घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

भारतीय नागरिक ईआर महमद् मियालाई नागरिकता बनाउन सिफारिस गरेका १० जना विरुद्ध अदालतले कैद तथा जरीवानाको फैसला गरेको थियो। उनीहरु विरुद्ध जिल्ला अदालत बाराले एक–एक वर्ष कैद र दुई–दुई हजार जरिवाना तोकेको प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए। ‘अदालत फैसला कार्यान्वयन गर्न आदेश अनुसार खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन,’  प्रहरी निरीक्षक धमलाले भने‘१० जना मध्ये केहिको मृत्यु भईसकेको र केहि अझैं फरार छन्।’ 

पक्राउ परेका अभियुक्तलाई आईबार जिल्ला अदालतमा पेश गरिने छ। शनिबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.