|

काठमाडौं : मल्टि स्टारर फिल्म 'एउटा यस्तो प्रेम कहानी'को छायांकन सकिएको छ। आउँदो भदौमा रिलिज गर्ने भनिएको फिल्मको मिति भने तय गरिएको छैन। तर, निर्माण टिमले भने अघोषित रुपमा प्रचार प्रसार सुरु गरेको छ। यसैको सुरुवात स्वरुप हालै राजधानीमा एक 'फेशन शो' सम्पन्न भयो। 

'स्टार अन दि रेड कार्पेट' नाम दिइएको शोजमा दुई दर्जन  मोडलहरुले र्‍याम्पमा उत्रिए। जहाँ मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी फिल्मका पुराना स्टार अभिनेता शिव श्रेष्ठ थिए। शोको उद्घाटनमा शिवको आगमन भयो। उनको आगमनमा सिट्ठी र ताली बज्यो।

'प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी' सव टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो। जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले र्‍याम्प नापेका थिए।

शोजमा अग्र पङ्गतीका कलाकारहरु उपस्थित नहुदा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिए। गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए।

फिल्म 'एउटा यस्तो प्रेम कहानी'लाई दिपेश सापकोटाले निर्देशन गरेका छन्। फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन्।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा शिव श्रेष्ठको छ। फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन्। सुशन प्रजापतिले फिल्म खिचेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.