|

स्पेनविरुद्ध ह्याट्रिक तथा दोस्रो खेलमा निर्णायक गोल गर्दै पोर्चुगललाई नकआटचरणमा सुरक्षीत गर्न सफल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ प्रतिमा माडेएरा विमानस्थलमा बनाइएको छ।

विश्वकप अघिनै उक्त विमानस्थलमा रोनाल्डोको प्रतिमा निर्माण गर्ने गरि तयारी गरिएको भएपनि उनको सफल्तासँगै रातारात प्रतिमा अनावरण गरिएको छ। यसअघि उनको अनुहार नमिलेको भन्दै प्रतिमा राख्नमा आलटाल हुँदै आएको थियो। जसका कारण विमानस्थलका पदाधिकारीले रोनाल्डोको अनुहार नमिलेको भन्दै नयाँ प्रतिमा बनाउन लगाए उक्त प्रतिमा तयार भएसँगै विमानस्थलमा प्रतिस्थापन गरिएको छ।

विश्वकपको उतकृष्ट प्रदर्शन सँगै रोनाल्डोको समानमा पदाधिकारीहरुले नयाँ प्रतिमा बनाएका हुन्। अब सो रंगशाला क्रिस्टियानो रोनाल्डो माडेएरा अन्तर्राष्ट्रिय विमानस्थल नामले चिनिन्छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.