|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिन पीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताएको ओलीले जानकारी दिए। 

चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आईतबार विहान स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीमाझ चीनका राष्ट्रपति सिको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले राष्ट्रपति सिको  नेपाल भ्रमणको मिति दुवै मुलुकको सुविधालाई हेरेर तय हुने पनि स्पष्ट पारे। चीनका राष्ट्रपति सिले प्रधानमन्त्री ओलीसँग आफू नेपाल भ्रमणमा आउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.