|
फाइल फाेटाे

चितवन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि देउवा गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन्। उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन्।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो। तनावमा रहेका ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेका हुन्। प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन्।

शनिबार काठमाडौं फर्किने भनिए पनि उनी फर्किएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.